एजेन्सी- भारतीय टेनिस खेलाडी सानिया मिर्जाले होबार्ट अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिताको महिला डबल्स उपाधि जित्न सफल भएकी छन्।
दुई वर्षपछि खेलमा फर्किएकी ३३ वर्षीया सानियाले सहकर्मी युक्रेनकी नादिया किचेनोकसँग टुर्नामेन्टमा उत्कृष्ट प्रदर्शन गरेकी हुन्। यो सानियाको २४औं डब्ल्यूटीए डबल्स उपाधि हो। साथै उनकाे याे आमा बनेपछिकाे पहिलाे उपाधि हाे।
शनिबार फाइनल खेलमा इन्डो-युक्रेनी (सानिया-नादिया) जोडीले दोस्रो वरियता प्राप्त चिनियाँ जोडी झांग सुइ र पेंग सुइलाई ६-४, ६-४ ले हराए। यो खेल एक घण्टा २१ मिनेटसम्म चलेकाे थियाे।
सानियाले दुई वर्षपछि टेनिस कोर्टमा फर्किने बित्तिकै आफ्नो नाममा उपाधि दर्ता गराएकी हुन्। उनी होबार्ट अन्तर्राष्ट्रिय टूर्नामेन्टअघि अक्टोबर २०१७ मा चाइना ओपनमा खेलेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।