कमलकोठी
एउटा किरा
आफ्नो सिङ्गो अस्तित्व लिएर
बाँचिरहेको थियो
जब कमलकोठीसँग उसको भेट भयो
तब कमलकोठीले चिलेर
सम्मोहनमा पारेर
उसलाई सदासदाको लागि
कमलकोठीमा रुपान्तरण गर्यो।
म पनि
अरुको विचार, दर्शन
शैली आदिको सम्मोहनले चिलेर
स्वयम्लाई भुली
नयाँ शताब्दीको
नयाँ कमलकोठी भएको छु।
बिडम्बना
ताल पुरानो भयो
ताल साँघुरो भयो
ताल बासी भयो
पानी गन्हायो
किरा पर्यो
यी
सारा संरचना/व्यवस्था विरुद्ध
अहसमति जनाउँदै
असन्तुष्टि पोख्दै
विद्रोह/क्रान्ति गर्न
एउटा माछा
पानी बाहिर निस्केर बगरमा पुग्यो।
फिरफिरे
हागाँबाट चुँडायौ
मेरो भेट्नो छिनाल्यौ
शीर, पुछार निर्मम च्यात्यौ
तिखो हतियारले मेरो मुटुमा रोप्यौ
अझ आँधी, हुरीतिर फर्काएर राख्यौ
त्यसपछि हो मैले गति लिएको
त्यसपछि हो म फिरफिरे जन्मिएको।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।