महोत्तरी- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय मर्जर अहिलेको आवश्यकता रहेको बताएका छन्। बर्दिवास नगरपालिकाले शुक्रबार आयोजना गरेको 'बर्दिवास शिक्षा सम्मेलन'लाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सार्वजनिक विद्यालयको सवलिकरणको लागि शिक्षालाई गुणस्तर बनाउन र सार्वजनिक विद्यालयको गुज्रिदै गरेको समस्यालाई सम्बोधन गर्न विद्यालय मर्जर अहिलेको आवश्यकता रहेको बताए।
विद्यालयहरु धेरै खुलेका छन् गुणस्तर छैन्न्, मन्त्री पोखरेलले भने, 'शैक्षिक गुणस्तर वृद्धिका लागि, सुधारका लागि, शैक्षिक क्षेत्रमा देखिएको चुनौति र समाधानका लागि विद्यालय मर्जर आवश्यक छ।' सरकारले सार्वजनिक विद्यालयको सवलीकरणको लागि दशकीय अभियान सुरु गरेको र यो अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको उनकाे भनाइ छ।
अभियानमा सबैलाई साथ दिन उनकाे आग्रह छ। मन्त्री पोखरेलले विद्यालयमा शिक्षक अभावलाई पूर्ति गर्न सरकारले दरबन्दी थप गर्न शिक्षक सिकाइ अनुदान र स्वयम् सेवक शिक्षक पठाउने कार्यक्रम तयार गरिरहेको जानकारी दिए। अहिले सरकारले प्राविधिक र व्यवसायिक शिक्षालाई जोड दिएको बताउँदै उनले प्राविधिक र व्यवसायिक शिक्षाले देश विकासमा कायापलट हुने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।