एजेन्सी- भारतले अस्ट्रेलियालाई तीन एकदिवसीय श्रृंखलाको दोस्रो खेलमा ३६ रनले पराजित गरेकाे छ। याे जितसँगै भारतले तीन एकदिवसीय श्रृंखला १-१ काे बराबरीमा ल्याएकाे छ।
राजकोटमा शुक्रबार अस्ट्रेलियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्याे। पहिले ब्याटिङ गरेकाे भारतले ५० ओभरमा ६ विकेटकाे क्षतिमा ३४० रन बनायाे। जवाफी ब्याटिङमा मैदानमा उत्रिएकाे अस्ट्रेलिया ४९.१ ओभरमा ३०४ रनमै समेटियाे।
यो मैदानमा भारतीय टीमकाे तीन वनडे सिरिजमा पहिलाे जित हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।