काठमाडौ- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले तत्काल संसद बैठक राखेर एमसिसी पारित गर्न माग गरेको छ।
आज बसेको संसदीय दलको बैठकले सरकारलाई ध्यानाकर्षण गराउँदै यस्तो आग्रह गरेको राष्ट्रिय सभाका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए। संसद बैठक माघ ६ गते तोकिएको छ। प्रतिनिधि सभाको हिउँदे अधिवेशनबाटै एमसिसि अनुमोदन गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो।
सभामुखको उम्मेदवारी सरकारसँग छलफलपछि
सभामुखको उम्मेदवारी दिने नदिने विषयमा सत्तापक्षसँग वार्ता गरेपछिमात्र तय हुने उनले बताए। संविधानले फरक दलको सभामुख र उपसभामुख हुने व्यवस्था भएकोप्रति ध्यानाकर्षण गराउँदै दाबी पेश गर्ने समेत जानकारी दिए। सत्तापक्षसँगको वार्तापछि अन्य उम्मेदवार उठाउने वा नउठानेबारे निर्णय गर्ने निर्णय संसदीय दलले गरेको छ।
राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्न अन्य दलहरुलाई आग्रह गरेको छ। सभामुखमा संविधानको व्यवस्थाविरुद्ध कुनै पनि कार्य नगर्न पनि नेपाली कांग्रेसले सरकारलाई सचेत गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।