काठमाडौं– बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–११ का १९ वर्षीय बिनोद महरा छन् । उनले सिरहाकै एक १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।
महराले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।