काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबार दशरथ रंगशालामा हुने भनिएको खेल बर्षाका कारण एन्फा कम्प्लेक्स सातदोबाटो मैदानमा सारिएको छ।
शुक्रबार दिउँसो ३ बजे मछिन्द्र क्बल र हिमालयन शेर्पा क्लबबीच त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदानमा हुन तय थियो। तर लगातारको बर्षाले मैदानको अवस्था बिग्रिएकाले खेल सातदोबाटो सारिएको एन्फाले जनाएको छ।
लिगको शीर्ष स्थानमा रहेको मछिन्द्र हिमालयन शेर्पाको खेलबाट अग्रता बनाउने अवसरमा छ।
अहिलेसम्म ६ खेलमा ४ जित र २ बराबरीसहित १३ अंक भएको मछिन्द्र शीर्ष स्थानमा छ।
गएको वर्षको लिगमा अन्तिमबाट दोस्रोमा रहेकाले मछिन्द्रको एक अंक एन्फाको नियमअनुसार जारी लिगमा कम गरिएको हो। आर्मी क्लबको पनि ६ खेलमा १३ अंक नै भए पनि गोल भिन्नताका आधारमा मछिन्द्र शीर्षमा रहेको हो।
अहिले अन्तिमबाट दोस्रोमा रहेको हिमालयन शेर्पाले कुनै पनि खेल जित्न सकेको छैन। ६ खेलमा २ हार र ४ बराबरी खेलेको शेर्पा क्लबको ४ अंक रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।