काठमाडौं– धादिङको गजुरी गाउँपालिका–१ बाट नियन्त्रित लागूऔषध स्पास्मो २ हजार ट्याब्लेट र ट्रामाडोल ४ हजार ५ सय ट्याब्लेटसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ
पक्राउ पर्नेहरुमा तनँहु बन्दिपुर नगरपालिका–१ बस्ने १९ वर्षीय हेमन्त गुरुङ र भानु नगरपालिका–१ बस्ने १७ वर्षीय सन्दिप परियार रहेका छन् । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट लम्जुङतर्फ जाँदै गरेको ना ६ ख १७६० नम्बरको बस जाँच गर्दा उक्त लागूऔषध फेला पारी बसका सहचालक हेमन्त र हेल्पर सन्दिपलाई पक्राउ गरेको हो ।
त्यस्तै झापाको कन्काई नगरपालिका–३ सुरुङ्गा चोकस्थित होटलबाट नियन्त्रित लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ३५ ग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मोरङ उर्लावारी नगरपालिका–१ बस्ने २५ वर्षीय नितेन कार्की र झापा बिर्तामोड नगरपालिका–३ शैनिक बजार बस्ने ३९ वर्षीय राजन प्रसाद उप्रेती रहेका छन् ।
इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो कांकडभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरीले उक्त लागुऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।