काठमाडाैं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार (आज) बस्ने भएको छ।
सभामुख चयनमा देखिएको विवादका कारण रोकिएको संसद्का बारेमा छलफल गर्न बैठक बोलाएको हाे।
बैठक दिउसो साँढे १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ।
संसद् चल्न नसक्दा जनप्रतिनिधिले जनताका आवाजलाई संसद्मा राख्न नसकेकाले संसद् सञ्चालन गर्नका लागि प्रतिपक्षको भूमिकाबारे छलफल गर्न बैठक बोलाएको कांग्रेसले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।