मम्बई- भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीलाई बीसीसीआई सम्झौता सूचीबाट हटाइएको छ।
पछिल्लो पटक उनी ए ग्रेडमा थिए। बीसीसीआईले बिहीबार जारी गरेकाे सम्झौता सूचीमा उनी अटाएका छैनन्। यसमा २७ खेलाडीहरू संलग्न छन्।
विराट कोहली, रोहित शर्मा र जसप्रीत बुमराहलाई शीर्ष श्रेणी ए प्लस प्रदान गरिएको छ। गत वर्ष पनि तीनै जना खेलाडीहरू समान श्रेणीमा थिए।
हरभजन सिंहले भने, 'मलाई लाग्दैन धोनी फेरि भारतको लागि खेल्ने छन्। धोनीले आईपीएलमा राम्रो प्रदर्शन गरेका थिए। तर, उनले पहिले नै निर्णय गरिसकेका थिए कि २०१९ काे विश्वकपसम्म मात्र खेल्ने छु। हुनसक्छ उनी आईपीएलको लागि तयारी गर्दैछन्।'
धोनीबाहेक दिनेश कार्तिक, अंबाती रायुडू र खलील अहमद पनि सम्झौताको सूचीबाट बाहिरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।