काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भीम रावललाई बालुवाटारबाट ज्यान मार्ने धम्की नदिइएको सरकारले स्पष्ट पारेको छ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारलाई सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रतिप्रश्न गर्दै भने,‘भीम रावल ज्यान मार्ने धम्की बालुवाटारबाट आएको पत्यार लाग्छ? प्रधानमन्त्री त्यस्तो हुनुहुन्छ?’
प्रधानमन्त्रीमा बहस गर्न रुचाउने र आलोचना सहनसक्ने प्रवृत्ति रहेको बताए।
नेता रावलको भनाईमा सत्यता नभएको उल्लेख गर्दै प्रवक्ता बाँस्कोटाले सहमति/असहमति जनाएकै आधारमा कसैको ज्यान मार्ने धम्की दिन नमिल्ने सुनाए।
कुन व्यक्ति वा नम्बरबाट कल आएको रावलले स्पष्ट पार्नुपर्ने बाँस्कोटाको सुझाव छ।
यसअघि नेता रावलले आफूलाई ज्यान मार्ने धम्की दिइएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।