काठमाडौं- सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ललितानिवासको जग्गा कब्जा गर्नु आतंकवादी गतिविधि भएको बताएका छन्।
मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सुनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन्।
'ललिता निवासको जग्गा कब्जा गरिएको भन्नु आतंकवादी गतिविधि हो। यसले वहाँहरूलाई राम्रो गर्दैन। यस्ता गतिविधिप्रति सरकार सहनशील हुँदैन,' उनले भने।
पत्रकार सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री बाँस्कोटाले ललिता निवास जग्गा प्रकरणमा मुछिएकाहरूमाथि सरकारले नै छानबिन गरिरहेको समेत दाबी गरे।
विप्लव समूहले माग १ गते मात्रै ललिता निवासको जग्गा कब्जा गरेको भन्दै पोर्टर टाँगेको थियो।
उता विप्लव समूहले सोही दिन ललिता निवास जग्गा काण्डमा मुछिएका शोभाकान्त भण्डारीको घरमा विस्फोट गराएको समेत दाबी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।