काठमाडौं- सभामुखको उम्मेदवार चयनको विषय पेचिलो बनिरहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
बिहीबार दिउँदो करिब २ घन्टा उनीहरुबीच छलफल भएको हो।
बालुवाटारमा भएको छलफलमा सभामुखको उम्मेदवार चयन गर्दै प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको बुझिएको छ।
ओली सकेसम्म सुवास नेम्वाङलाई सभामुख बनाउने र त्यसमा सफल नभए शिवमाया तुम्बाहाङ्फेलाई बनाउन प्रयासरत छन्। उनले सरकारलाई सहयोग पुर्याउन सक्ने मान्छे सभामुखमा देख्न चाहेका छन्।
अर्कोतर्फ प्रचण्डले भने पुरानो भागबण्डा अनुसार सभामुख पूर्व माओवादीले पाएकाले अहिले पनि उसैले पाउनुपर्ने अडान लिइरहेका छन्।
दुवै अध्यक्षले आफू निकटका नेताहरुलाई सभामुख बनाउन चाहेपछि उनीहरुबीच दुरी बढेको खबर सार्वजनिक भइरहेका थिए।
केही दिनयता दुवै अध्यक्षबीच भेटघाट समेत भएको थिएन।
सभामुखमा मत नमिलिरहेको अवस्थामा केही दिन भैंसेपाटीमा भएको प्रचण्ड लगायतका नेताहरुको भेटवार्ताले पनि दुई नेताबीच दुरी बढाउन भूमिका खेलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।