दमक- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीले प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादी बाटोमा लागेकोे आरोप लगाएका छन्।
बिहीबार झापा क्षेत्र नं ५ अन्तर्गत कमल गाउँपालिका र दमक नगरपालिकाका कार्यकर्ता भेटघाटमा जोशीले शक्ति विकेन्द्रीकरण गर्नुपर्ने ठाउँमा प्रधानमन्त्रीले आफूमा केन्द्रीकृत गरेको आरोप लगाएका हुन्।
सरकारको रबैयाले कोही पनि सन्तुष्ट नरहेको जोशीले बताए।
सरकार भ्रष्टाचारमा रुल्मलिरहेको बताउँदै उनले लोकतान्त्रिक मूल्यमान्यता विपरीत सञ्चालन हुन थालेको दाबी उनको थियो।
मानव अधिकार विधेयक, मिडिया विधेयक, सूचना प्रविधि विधेयक फिर्ता लिनुको विकल्प नरहेको जोशीको भनाइ छ।
एकात्मक व्यवस्था भएको मुलुकझैं सामाजिक सञ्जाललाई नियन्त्रण गर्न सरकार अघि बढेको उनको भनाई थियो।
लोकतान्त्रिक व्यवस्थालाई कमजोर पार्न खोज्नेहरु आफै सकिने जिकिर समेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।