काठमाडौं– जिल्ला प्रशासन कार्यालय भक्तपुरले बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएको छ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए। मुद्दा हालेपछि प्रसाईंले गिरिविरुद्ध मुद्दा फिर्ता लिन धम्की दिनुका साथै कुटपिटसम्म गर्ने चेतावनी दिएपछि गिरिले अभद्र व्यवहारको जाहेरी दिएका थिए। सोही मुद्दामा अनुसन्धान र बयानका लागि प्रसाईंलाई पक्राउ गर्न अनुमति मागेको थियो।
भक्तपुरका एसपी सविन प्रधानका अनुसार अभद्रकै मुद्दामा जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट पक्राउ गर्ने अनुमति लिइएको हो।
२० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध मानहानीकाे मुद्दा दायर भएको थियो।
याे पनि
२० करोड घुसको आरोप : डा गिरी पुगे दुर्गा प्रसाईंविरुद्ध अदालत, प्रसाईंद्वारा अख्तियारमा उजुरी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।