एजेन्सी– अस्ट्रेलियाविरुद्ध भएका पहिलो वानडे खेलमा घाइते भएपछि भारतीय क्रिकेटर ऋषभ पन्त अस्ट्रेलियाविरुद्धको दोस्रो खेलबाट बाहिरिएका छन्। मंगलबार वानखेडे स्टेडियमा भएको खेलमा बल हेलमेटमा लागेपछि उनी घाइते भएका थिए। उक्त खेलमा उनले ३३ बलमा २८ रन बनाएका थिए।
पन्तलाई अस्पताल भर्ना गरिएको थियो। अब उनी बेंगलुरुमा राष्ट्रिय क्रिकेट एकेडेमीमा रिह्याबिलिटेशनमा रहनछन्।
अस्ट्रेलियाविरुद्धको दोस्रो वानडे शुक्रबार राजकोटमा हुने तय भएको थियो। बीसीसीआईले पहिलो वानडे खेलका दौरान उनी घाइते भएको र रातभर एक विशेषज्ञको निगरानीमा राखिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।