काठमाडौं– नेपाल प्रहरीले भन्सार छलेर ल्याइएका १०७ थान मोबाइल फोनका सेट बरामद गरेको छ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख १५३४ र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ७३९५ नम्बरको बस चेकजाँचका क्रममा ती मोबाइल बुधबार बरामद गरेको हो ।
प्रभागका प्रमुख, प्रहरी निरीक्षक हेमन्त थापाले दुई बसमा चेकजाँचका क्रममा ३५ लाख मूल्य बराबरका मोबाइल बरामद गरेको जानकारी दिए। ‘चालक बस्ने सिट पछाडी सेतो टेपले बेरेर ल्याएको अवस्थामा बरामद गरेका हौं,’ उनले भने। ती फोनका सेटलाई अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय सानो गौचरण पठाइएको प्रहरीले जनाएको छ ।
सांकेतिक तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।