काठमाडौं- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई नेता ललितपुरबाट पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार ललितपुर सेक्रेटरी रमेश डंगोल र युवा संगठन ललितपुरका कार्यबाहक अध्यक्ष सन्तमान स्याङ्तान पक्राउ परेका हुन्।
उनीहरुले ललितपुरमै रहेको एक एनसेल टावर आगजनीमा संलग्न भएको आरोप प्रहरीले लगाएको छ।
उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।