काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र भारतका रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ।
उपचारका लागि सोमबार भारतको नयाँदिल्ली पुगेका पौडेलले भारतीय जनता पार्टीका उपाध्यक्षसमेत रहेका सिंहसँग बुधबार नयाँदिल्लीमा भेटवार्ता गरेका हुन्। भेटवार्तामा नेपाल भारतबीचको सम्बन्ध, नेपालको पछिल्लो राजनीतिक अवस्था तथा विश्व राजनीतिका बारेमा छलफल भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।