काठमाडौं- चन्द्रागिरी नगरपालिका(२ नागढुंगाबाट अवैध लागुऔषध चरेस १ किलो १५ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछाप उपकुण्ड गाउँपालिका २ बस्ने २३ वर्षीय फुर्वा शेर्पा र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय जिपछिरीङ शेर्पा छन्। गस्तीमा खटिएको प्रहरीले बा ४९ प ९८४२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूको साथमा उक्त लागुऔषध फेला परेको हो।
त्यसेगरी ललितपुर, गोदावरी नगरपालिका ९ जल्खु मोडबाट रुपन्देही बुटवल घर भई भक्तपुर लोकन्थली बस्ने २० वर्षीय विकास कँडेललगायत ५ जनालाई २ किलो ६० ग्राम अवैध लागुऔषध गाँजासहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग चुनिखेलबाट खटिएको प्रहरीले उक्त लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।