काठमाडौं– धनुषाको जनकनन्दनी गाउँपालिका–५ बरनझुल्लाबाट पेस्तोल १ थान र म्यागजिन १ थान सहित २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय दिपेश कुमार महतो र १९ वर्षीय शुभकेश महतो रहेका छन्।
हतियार पड्काउदै हिँडेको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरीले महतोको घरभन्दा करिब ५ सय मिटर पर आफ्नै आँपको बगैंचामा लुकाइछिपाइ राखेको अवस्थामा उक्त पेस्तोल फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।