एजेन्सी– इंल्यान्डका ‘फास्ट बलर’ जेम्स एन्डरसनले मंगलबार टेस्ट क्रिकेटमा १७ वर्ष पुरानो रेकर्ड तोडेका छन्। टेस्ट क्रिकेटमा सबैभन्दा धेरै बल बलिङ गर्ने फाष्ट बलरको रेकर्ड उनले आफ्नो नाममा लेखाएका छन्।
उनले टेस्ट क्रिकेटमा ३० हजार २० बल ‘डेलिभरी’ गरेका छन्। न्यूजील्याण्डविरुद्धको खेलमा उनले रेकर्ड बनाएका हुन। यसअघि यो रेकर्ड वेष्ट इन्डिजका बलर कोर्टने वाल्सको नाममा थियो। वाल्सले ३० हजार १७ बल ‘डेलिभरी’ गरेका थिए।
टेष्ट क्रिकेटमा एन्डरसनले ५ सय ३१ विकेट लिइसकेका छन्।
टेस्ट इतिहासमा सबैभन्दा धेरै विकेट लिने बलरको सूचीमा पाँचौ स्थानमा एन्डरसनको नाम छ। टेष्ट क्रिकेटमा सबैभन्दा धेरै विकेट श्रीलंकाका मुथैया मुरलीधरनको नाममा छ। उनले ८ सय विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।