• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

विद्यालयले नै किच्ला भन्ने पिर

64x64
नेपाल लाइभ मंगलबार, पुस २९, २०७६  १५:०३
1140x725

सुर्खेत- सुर्खेतको पञ्चपुरी नगरपालिका-७, लेखकोटस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको भवन जीर्ण भएको लामै समय भयो। यो बीचमा विद्यालय भवन सुधारका लागि प्रयास नभएका पनि होइनन्। विद्यालय परिवार, वडा र नगरपालिकाका जिम्मेवार व्यक्तिले पनि चासो दिइरहेको दाबी गर्न छोडेका छैनन्। तर विद्यार्थीको त्रासदी दैनिकी भने परिवर्तन भएको छैन। विद्यालयले नै किच्ला भन्ने त्रास विद्यार्थीहरूबीच छ। 

आधारभूत तहसम्म स्थायी मान्यता पाएको उक्त विद्यालयले कक्षा ८ सम्म अध्ययन गराइरहेको छ। विद्यालयको कार्यालय भवनबाहेकका सबै भवन जीर्ण छन् । २०७२ सालको भूकम्पमा भवन चर्किएका थिए। वर्षायामका बेला पानी पसेपछि भवन भत्किएका छन्। 

विद्यालयमा भवन अभाव भएकाले कक्षा ६ र ७ लाई एउटै ठाउँमा राखेर पढाउने गरिएको छ। दुई वटा कक्षाका ६० जनाभन्दा बढी विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयकी प्रधानाध्यापक भगवती रिमालले बताइन्। दुवै कक्षाका विद्यार्थी एकै ठाउँमा राखेर पढाउँदा प्रभावकारी शिक्षण हुन सकेको छैन। 

‘वर्षायाममा पानी परिरहन्छ सबै भवनका भित्ताहरू चर्किएका छन्, भवन छैनन्। आजभोलि त अन्तरनिर्भरको भवनमा लिएर पढाउने गरेका छौं,’ प्रधानाध्यापक रिमालले भनिन्, ‘सबैभन्दा नजिकको सरकारले त चासो दिन सकेको छैन भने केन्द्र र प्रदेश सरकार यो ससस्या बुझ्न अझ कति समय लाग्ने हो पत्तो छैन'

विद्यालय भवनको अभाव र जीर्णताको नियति भोग्ने छाप्रेको यो एउटा मात्र विद्यालय होइन। छाप्रेका अन्य विद्यालय र पञ्चपुरी–८ माझीगाउँको  नेपाल राष्टिय प्राथमिक विद्यालयमा पनि भवन अभाव छ। 'एउटै भवनको बिचबाट काठले बारेर ४ कोठा बनाई अध्यापन गराइएको छ। विद्यालयमा कक्षा कोठाको अपुग भएपछि समस्या छ,' विद्यालयका शिक्षक भीमराज घिमिरेले बताए। ती विद्यालयका ७ सयभन्दा बढी विद्यार्थीहरू जोखिम मोलेरै कक्षामा बसेर अध्ययन गर्छन् भने कोही खुला चौरमा बसेर पढ्न बाध्य छन्। ‘मेयर र अन्य जनप्रतिनिधि आएर फोटो लिन्छन्, समाधान गर्छौ भन्छन् तर फेरि अर्को पटक फर्केर आउँदैनन्। हिउँदवर्षा नै दुःख सहनु परेको छ,’ शिक्षक घिमिरेले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर बुच्चाले आफूहरूले प्रयास गरिरहेको तर काममा सफलता भने नमिलेको गुनासो व्यक्त गरे। 'एक/दुईपटक त नगरसम्म पुग्यौं। सुनुवाई नभएपछि आजभोलि हामीले भन्नै छोडिसक्यौं। भौगोलिक हिसाबले ठूलो र विकट ठाउँका रूपमा चिनिएको छाप्रेमा शिक्षा, स्वास्थ्य, यातायातजस्ता विकासका पूर्वाधार निर्माणका लागि बजेटमा नगरपालिकाले उपेक्षा गरेको छ,' उनको भनाइ छ, ‘नगरपालिकाबाट बजेट विनियोजन गर्दा पनि अन्य विकसित वडा जस्तै बराबर बाँडिने भएकाले छाप्रेमा अपुग भएको छ।’

वडा सदस्य कमल बयकले भने विकासमा पछि परेको विकट क्षेत्रको पूर्वाधार विकास गर्नका लागि त्यहाँको भौगोलिक अवस्थालाई पनि हेरेर बजेट विनियोजन गर्नु आवश्यक भएको तर त्यसो हुन नसकेको उल्लेख गरे। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले साविक छाप्रेका विद्यालयहरूका लागि नगरपालिकाले केही बजेट छुट्याएको भए पनि नगरभरका सबै विद्यालयलाई समेट्दा सो विद्यालय छुट्न पुगेको बताए। उनले जीर्ण अवस्थामा रहेका विद्यालय भवनहरूको स्थलगत अनुगमन गरेर आवश्यक बजेटको व्यवस्था गरी नयाँ भवन बनाउने नगरपालिकाको योजना रहेको बताए।

‘पञ्चपुरीभित्रका ५२ सामुदायिक विद्यालयको स्तरोन्नति गरी भवन नभएका विद्यालयमा नयाँ भवन बनिरहेका छन्,’ नगर प्रमुख थापाले भने, 'सबैतिर बजेट व्यवस्थापन गर्दा एकै पटक सबै समस्या समाधान नहुने भएकोले क्रमागत रुपमा सबै विद्यालयलाई व्यवस्थित गराउने छौं।'

नगरपालिकाले भवन बनाउने योजना सुनाए पनि विद्यार्थीमा त्रास भने कायमै छ। विद्यालयमा पठाएर पनि बालबालिका सुरक्षित छन् भनेर ढुक्क मान्ने अवस्था नरहेको अभिभावकहरूको गुनासो छ। 'बालबालिका विद्यालय गएपछि भवनको दिमागमा घुमिरहने भएकाले ढुक्क मान्न सकिने अवस्था छैन। विद्यालय भवनले नै किच्ला भन्ने पिर परिरहन्छ,' एक अभिभावकले भने, 'सुरक्षित विद्यालय बनाउन सरोकारवाला निकायको चासो जान ढिलो भइसकेको छ।' 

प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १५:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने
सम्बन्धित सामग्री
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? मेलम्चीको खानेपानी पुनः वितरण भए पनि काठमाडौं उपत्यकाका लागि पर्याप्त खानेपानी वितरण हुने छैन। साहका अनुसार दैनिक ५० करोड लिटर खानेप... आइतबार, कात्तिक १, २०८३
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन सोमबार, कात्तिक २, २०८३
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्