• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

अभिनेत्री लक्ष्मी बर्देवाले भोगेको त्यो कालो विगत

'हिरोइनको पहिरन हेरेर चरित्र मापन गरिन्छ'
64x64
नेपाल लाइभ सोमबार, पुस २८, २०७६  २२:४८
1140x725

सोमबार आयोजित एक कार्यक्रममा अभिनेत्रीले लक्ष्मी बर्देवाले फिल्म क्षेत्रमा प्रवेश गर्दाताका आफूले भोगेको दुर्व्यव्यवहारको कालो दिन सम्झिँदै भनिन्, ‘त्यतिबेला म धन्न बँचे। तर, थ्याङ्क गड! त्यसपछि पनि फिल्म क्षेत्र छाडिनँ।’ आफूले भोगेको तितो विगत सम्झदा उनको मुहारको चमक एक्कासी हरायो।

सन्दर्भ हो- नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित पत्रकार डिबी खड्काको पुस्तक ‘नियत’ सार्वजनिक कार्यक्रमको। बहसका निम्ति कार्यक्रममा उपस्थित थिए, तीन अभिनेत्रीहरू रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी।

डिबीको पुस्तकमा खराब नियत बोकेका मान्छेका कारण नेपाली कला क्षेत्रमा महिला कलाकारले भोगेका दुःख र पीडाका कथा छन्, दुर्व्यवहारका फेहरिस्त छन्। त्यसैले पुस्तकको सन्दर्भसँग जोडेर फिल्म क्षेत्रले महिला कलाकारलाई हेर्ने दृष्टिकोणमाथि कार्यक्रमको बहस केन्द्रित थियो।

बहसका क्रममा अभिनेत्री बर्देवाले डिबीको यो पुस्तक पढेपछि आफूले विगतमा भोगेको दुर्व्यवहारको एउटा नमिठो घटना सम्झिएको बताइन्।

अडिसनका बहानामा एक जना फिल्म निर्देशकले आफूमाथि दुर्व्यवहारको प्रयत्न गरेको तर आफू बच्न सफल भएको खुलासा गरिन्।

करिब १० महिनाअघि अन्तर्वार्ताका क्रममा अभिनेत्री लक्ष्मी बर्देवासँग यो संवाददाताले प्रश्न गरेको थियो, ‘हाम्रो कला क्षेत्र ‘मिटु’का विषयमा लगभग मौनजस्तै देखियो। के यहाँ दुर्व्यवहार नै नहुने हो र?’

त्यतिबेला उनले भनेकी थिइन्, ‘हामीकहाँ मान्छेलाई भगवान् बनाउने चलन छ। भगवान् कस्तोलाई बनाइन्छ? अवश्य पनि त्यस्तोलाई बनाइन्छ, जो राम्रो ठाउँमा छ। र, उसको नराम्रो कुरा कसैले गर्‍यो भने ऊ त्यो क्षेत्रबाट बहिष्कृत हुन्छ। किनभने दुनियाँले देउता मानेको मान्छेलाई उसले आरोप लगाएको हुन्छ। हो, यसकै डरले यहाँ कोही बोल्न सक्दैनन्।’

सोमबारको कार्यक्रममा भने उनले त्यो घटनाको फेहरिस्त सुनाइनन्। यति भन्न सकिन्, ‘मैले एकपल्ट त्यस्तो खराब नियत बोकेको मान्छे सामना गर्नुपर्‍यो।’

Ncell 2
Ncell 2
nimb
nimb

धेरैमा जिज्ञासा जाग्यो- के भएको थियो लक्ष्मीसँग? 

उनले पहिलोपल्ट त्यो घटना यो संवाददातासँग अन्तर्वार्ताका क्रममा खुलाएकी थिइन्। निर्देशकको मुकुन्डो भिरेर कालो कर्तुत गर्दै आइरहेका ती निर्देशकको व्यवहारले फिल्म क्षेत्रको पर्दाभित्र लुकेको एउटा अँध्यारो पाटो उजागर गरेको थियो।

०००

घटना साढे पाँच वर्षअघिको हो। लक्ष्मीलाई फिल्मको लागि अडिसन दिन भनेर बोलाइएको थियो। त्यतिबेला उनी उमेरले पनि कलिलै थिइन्, त्यस्तै १९-२०। अडिसन कहाँ-कसरी हुन्छ, खासै ज्ञान पनि थिएन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले विश्वास गर्ने दाइमार्फत् नै त्यो अडिसनमा बोलाइएको थियो। अडिसनको लोकेसन थियो- काठमाडौं, गोठाटार। त्यो दिन दाइसँगै गएकी थिइन्, अडिसन दिन। खुशी थिइन्, अवसर पाएकोमा। आत्मविश्वास थियो, ‘पक्कै छनौट हुन्छु।’

गोठाटार, पुल नपुग्दै एउटा रिसोर्ट रैछ। त्यहीँ पुगिन् उनी। त्यहाँ त फिल्म क्षेत्रको एकदमै नाम चलेका निर्देशक रहेछन्। फिल्म बजारमा प्रचलित शब्दमा भन्नुपर्दा ‘चर्चित’। जसले दुई–तीनटा हिट फिल्म दिइसकेका थिए।

जतिबेला उनलाई भेटाइयो- रक्सी एकदमै पिएका थिए।

भेट्नासाथ उनले लक्ष्मीको प्रशंसामा भने, ‘तिम्रो फोटो हेरेको थिएँ, ठीकै छ। हामीलाई तीन जना लेडिज क्यारेक्टर चाहिएको छ। खेल्ने हो त? एउटामा तिमीलाई खेलाउन सकिन्छ।’

अडिसन दिन भनेर आएकी उनी फिल्म नखेल्ने त कुरै थिएन्। जवाफमा भनेकी थिइन्, ‘हुन्छ तर थिएटर र घरमा सोध्नुपर्छ।’

त्यसपछि ति निर्देशकले रिसोर्टको सहयोगीलाई बोलाए र ‘झ्याप’ मुडमै भने,‘भाइ, त्यो पछाडिको रुमको ताल्चा खोल त।’

रात पर्नै लागेको थियो। लक्ष्मी तर्सिइन्। भित्रभित्रै डराइसकेकी थिइन्। नयाँ थिइन्, त्यसैले फिल्म क्षेत्रबारे खासै केही जान्दिन थिइन्। आफूले विश्वास गर्ने पात्रका कारण त्यहाँ आइपुगेकी थिइन्।

त्यसैले रिसोर्टका सहयोगीलाई ताल्चा खोल्न लगाएपछि उनले लगत्तै ती निर्देशकलाई सोधेकी थिइन्, ‘किन?’

‘जवाफमा उसले मैले फिल्म खेलाइसकेपछि बदलामा केही पाउनुपर्छ’ भन्नेखालको कुरा गर्न थाल्यो,’ १० महिनाअघि त्यो घटना सम्झिदै लक्ष्मीले भनेकी थिइन्, ‘अझ साइडमा बसेको मान्छेले पनि ‘उहाँको पालो सक्किन्छ अनि मेरो पालो’ भनिरहेको थियो। त्यसपछि त म झन् थरथर काम्न थालेँ। रुन थालेँ। मलाई जसले बाइकमा लिएर जानुभएको थियो, उहाँ पनि गायब! सायद पहिल्यै केही सेटिङ भइसकेको थियो।’


उनले सुनाएअनुसार ती निर्देशक त्यतिबेला यत्तिमै रोकिएका थिएनन्। लक्ष्मीले सिधै प्रस्ताव 'इग्नोर' गरेपछि उनले धम्क्याउँदै भनेका थिए, ‘तँ फिल्म खेल्ने, तँलाई म यो इन्डस्ट्रीमा टिक्न पनि दिन्नँ।’

त्यतिबेला उनले नाम चलेका हिरोहरूलाई आफूले नै डेब्यु गराएको दम्भसम्म देखाएका थिए।

‘त्यसपछि मलाई पनि अलि आँट आएछ, सिधै ‘मलाई त यहाँ कसैले चिन्दैन,तर मैले अहिले चिच्चाएँ भने तपाईंलाई यहाँ सबैले चिन्लान्’ भन्दिएँ,’ लक्ष्मीले भनेकी थिइन्, ‘फेरि हामी त्यतिबेला रुममा छैनौँ है, बाहिर खुला ठाउँमै नै थियौँ।

मैले त्यो निर्देशकलाई एकदमै सम्मान गर्थें। एकाएक त्यो सम्मान त्यतिबेला हटेर गयो। मैले त उसको अनुहारमै थुक्दिएछु। मलाई ऊ मुख छाडिरहेको थियो। त्यसपछि म रुँदैरुँदै भागेँ।’

घटना भएको एक-दुई दिन लक्ष्मी पूरै ‘डिप्रेस्ड’ भइन्।

‘यो क्षेत्र मेरो लागि होइनजस्तो लाग्यो। तीन चार दिन काममा पनि गइनँ। साथीहरूले त्यसको कारण छोड्न लागेको? भनेर सम्झाएपछि फेरि ज्वाइन भएँ,’ लक्ष्मीले त्यतिबेला सुनाएकी थिइन्।

१० महिनाअघि भेट्दा लक्ष्मीले त्यो मान्छे छेउछाउ देख्दा आज पनि डर लाग्ने बताएकी थिइन्। भनेकी थिइन्, ‘त्यो मान्छेले मलाई यो क्षेत्रमा टिक्न नदिने कुरा गरेको थियो। त्यसैले मेरो एउटा सपना छ- कुनै दिन त्यो ऊ मेरो अगाडि फिल्मको अफर लिएर आओस् अनि मैले त्यो बेलाको घटना सम्झाउँदै मुखैभरको जवाफ दिन पाऊँ।’

हालसालकै एक अनौपचारिक भेटमा लक्ष्मीले खुशी साट्दै सुनाएकी थिइन्, ‘त्यो दिन आयो नि। मलाई त्यो मान्छेले फिल्मको अफर गर्‍यो नि। तर, मैले खेलिनँ।’

०००

बहसमा लक्ष्मीले डिबीको पुस्तक पढ्दा त्यहाँभित्र रहेका धेरै पात्रहरू दुर्व्यवहार भोगेपछि कला क्षेत्रबाटै टाढिएको सुनाउँदै भनिन्, ‘थ्याङ्क गड! त्यो घटनाले मलाई त्यति धेरै फ्रस्टेड पनि बनाएन ताकि मैले यो क्षेत्र नै छाडेर जानुपर्‍यो। त्यसपछि मलाई कहिल्यै पनि यो क्षेत्र छाडेर जानु मेरा लागि राम्रो हो भन्ने लागेन।’

कारण, २० असल मान्छे भेटेपछि उनले ती खराब भेटेकी थिइन्। ‘त्यसैले मैले पूरा फिल्म क्षेत्रलाई खराब ठान्न सकिनँ,’ उनले भनिन्, ‘तर, त्यतिबेला मलाई त्यो निर्देशकले बनाउने भनेको त्यो फिल्ममा देखिएका नयाँ अनुहारलाई लिएर डर भने लागेको थियो। कतै उहाँहरूलाई पो नराम्रो व्यवहार गरियो कि?’

पहिरन हेरेर चरित्र मापन
भनिरहनु परेन, यहाँ हिरोइनको पहिरन मिडियाका लागि गसिप हो। तर, पहिरनमाथि टिप्पणीलाई लिएर अभिनेत्रीहरू आजित छन्।

‘यहाँ मान्छेहरू पहिरनलाई हेरेर चरित्र मूल्यांकन गर्छन्,’ बहसमा रेखाले गुनासो पोको फुकाइन्, ‘कोही महिलाको पहिरन छोटो हुँदैमा, उसले स्विमिङ कस्ट्युम लगाउँदैमा या उसको हातमा बियर या वाइनको बोटल हुँदैमा उसलाई चरित्रहीनको दाग लगाइन्छ। हिरोइन पहिरन किन यति बिघ्न चरित्र नाप्ने यन्त्र हुन्छ?’

कुनैबेला नेपाली कमेडियनहरूले रेखाको छोटो कपडालाई व्यंग्य गर्दै पटकपटक गाइजात्रे प्रहसनका क्रममा खुब भन्थे ‘कि यहाँ रेखाको चल्छ, कि देखा’को चल्छ।’

यो भद्दा मजाकले रेखाको खुब चित्त दुखेको रहेछ। उनले व्यंग्यात्मक शैलीमा भनिन्, ‘पहिरनमाथि टिप्पणी गर्ने चलन गाइजात्राले सुरु गरेको हो। सायद उहाँहरूले राम्रै गर्नुभएको हो।’

अभिनेत्री स्वस्तिमा खड्काले हिरोइनहरूको पहिरनको चर्चा हुँदा उनीहरूको काम छायाँमा पर्ने गरेको गुनासो गरिन्। ‘यो फिल्म क्षेत्रमा आउनुअघि धेरे सुन्थे, कलाकारका पहिरनका कुरा। अझ विशेषगरी रेखा दिदी(थापा)को,’ उनले भनिन्, ‘यो कस्तो सस्तो चर्चा होला भन्ने लाग्थ्यो तर अहिले आएर थाहा भयो, मिडियालाई हिरोइनको पहिरनको बढी नै चासो हुनेरहेछ। यसो हुँदा उनीहरूको हिरोइनको काम भने छायाँमा पर्ने रहेछ।’

बहसका क्रममा स्वस्तिमाले आफूले हदैसम्मको दुर्व्यवहारको सामना गर्नु नपरे पनि फ्यानका बहानामा फोटो खिच्न आउने, टाँसिन खोज्ने, दुर्व्यवहार गर्न खोज्नेसम्मका पात्र भने व्योहोरेको बताइन्।  

‘पुस्तकमा उल्लेख भएजस्तो हदैसम्मको दुर्व्यवहार त मैले सामना गर्नुपरेन तर संघर्षका बेला म्यूजिक भिडिया गर्ने क्रममा चाँहि सोसियल मिडियामा अनावश्यक म्यासेज पठाउनेहरू हुन्थे। म तत्कालै त्यस्ता आइडीहरू 'ब्लक' गरिहाल्थेँ,’ उनले सुनाइन्।

‘पुरुषका दर्दनाक कथा भन्ने पुस्तक पनि चाहियो’
अभिनेत्री रेखा थापाले महिला उत्पीडनमा परेका खबर धेरै आएको तर यही समयमा पुरुषमाथि भइरहेका शोषणका कथा भने ओझेलमा परेको टिप्पणी गरिन्।

‘यहाँ महिलामात्रै पीडित छैनन्, पुरुष पनि पीडित छन्,’ उनले बहसका क्रममा भनिन्, ‘हामी ती पुरुषका पीडा लेखिएका किताब पनि पढ्न चाहन्छौं। हो, हामी साँच्चै ति पुरुषका दर्दनाक कथा पनि पढ्न चाहन्छौं।’

पुस्तकका लेखक डिबी खड्काले रेखाको प्रत्युत्तरमा भनेका थिए, ‘मेरो पुस्तकमा रहेको ‘सहरमा एक मजनु’ शीर्षकको कथा गायिकाबाट पीडित पुरुषको कथा हो। मलाई लाग्छ, हाम्रो समाजमा एउटा पुरुष पीडित हुनका लागि उसले धेरै तत्वहरू व्योहोर्नुपर्छ तर महिला पीडित हुनका लागि महिला मात्रै भए पुग्छ।’

कार्यक्रममा रेखाले राजनीतिकदेखि कला क्षेत्र सबैमा ‘डबल स्ट्यान्डर्ड'का नियत भएका मान्छे रहेको टिप्पणी गर्दै भनिन्, ‘मेरो प्रश्न समाजलाई छ, तपाईँहरू जुन नियतले कलाकारलाई हेर्नुहुन्छ, त्यसरी नै आफ्नो छोरीचेलीलाई त हेर्नुहुन्न?’

प्रकाशित मिति: सोमबार, पुस २८, २०७६  २२:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्