काठमाडौ– विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा शिवानन्द स्वामी नामले परिचित दीपक भण्डारी पक्राउ परेका छन्।
महानगरीय अपराध महाशाखाको टोलीले उनलाई सोमबार बिहान पक्राउ गरेको हो। प्रहरीका अनुसार ३० वर्षीय शिवानन्द आफू तन्त्रविद्याको गुरु भएको दाबी गर्थे। उनीविरुद्ध तीन जनाले ठगीको उजुरी दिएका थिए। विदेश पठाइदिने भन्दै उनीहरूबाट शिवानन्दले ४० लाख रुपैयाँ बढी रकम उठाएको तर फिर्ता नदिएको भन्दै पक्राउ गरिएको हो। उनी हालै दहचोकमा आश्रम निर्माण गर्न लागेका छन्।
युवाहरुलाई युरोप पठाई दिने भन्दै उनले ठगी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।