• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ २९, २०८३ Fri, Jun 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अझै सकेन कांग्रेसले समायोजन

निर्धारित समय पुस मसान्तसम्म ३० जिल्लामा संरचना गठन सकिने 
64x64
नेपाल लाइभ सोमबार, पुस २८, २०७६  १४:१६
1140x725

काठमाडौं-  नेपाली कांग्रेसको तल्लो तहको कार्यसमिति गठन निर्धारित समय (पुस मसान्त) सम्ममा नसक्ने भएको छ।

संघीय संरचनाअनुरुप संगठन बनाउन केन्द्रीय समिति बैठकले विगतकै कार्यसमितिलाई रुपान्तरण गर्ने गरि समायोजन गर्ने निर्णय गरेको थियो। २०७६ साउन २६ गतेको केन्द्रीय समिति बैठकले स्थानीय संरचना बनाउन निर्देशिका तयार गरे पनि गठन प्रक्रिया पुस मसान्तसम्म नसकिने भएको हो। 

मंसिर मसान्तसम्म स्थानीय तहका संरचना बनाउन कार्यावधि तोकिए पनि निर्वाचन समितिले आफ्नो दायित्व पुरा गर्न नसकेसँगै एक महिना बढाइएको थियो। जिल्ला सभापतिहरुले आवश्यक सहयोग नगर्दा पुस मसान्तसम्म पनि स्थानीय तहको कार्यसमिति गठन नसकिने निर्वाचन समितिले जनाएको छ। पुस मसान्त (मंगलबार) सम्म ३० जिल्लाका स्थानीय तहमा कांग्रेसका संरचना निर्माण प्रक्रिया सकिने निर्वाचन समिति सदस्य तथा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले नेपाइलाइभलाई जानकारी दिए।

२०७७ फागुनभित्र महाधिवेशन गर्नुपर्ने विधानको प्रावधानअनुरुप छिटो संरचना तयार गर्न पुरानै कार्यसमितिलाई निरन्तरता दिने गरि समायोजन गर्ने निर्णय पार्टीले गरेको थियो। सीमांकन हेरफेर नभएका स्थानीय तहमा विगतकै कार्यसमिति यथोचित रहने निर्देशिका जारी गरिएको थियो। गाउँपालिका वडामा रुपान्तरण भएको अवस्थामा सोही कार्यसमितिलाई निरन्तरता दिने प्रावधान बनाइएको छ।

वडा, गाँउपालिका तथा नगरपालिकाको कार्यसमिति गठन गर्न मंगलबारसम्मका लागि समय निर्धारण गरिएको थियो। संघीयतापछि गाभिएका वडाबाट एकिन तथ्यांक जिल्लाबाट आउन नसकेकाले समायोजनमा कठिनाइ भएको घिमिरेले प्रष्टाए। ‘निर्वाचन समितिलाई सबैतिरबाट दुरुस्त डाटा आउन सकेको छैन। यथेष्ट तदारुकता जिल्ला सभापतिहरुबाट हुन सकेन,’ घिमिरेले भने।

निर्वाचन समितिलाई समायोजनका क्रममा तल्लो तहका सभापतिको टुंगो लगाउने जिम्मेवारी छ। कार्यसमिति सदस्य भने पुरानै व्यक्ति हुनेछन्। जिल्ला पार्टी कार्यालयहरुमा साविकको संगठनका विषयमा एकिन तथ्यांक नरहेको निर्वाचन समितिले जनाएको छ। घिमिरेले भने, ‘जिल्लाहरुमा आफ्नो कार्यसमितिको तथ्यांक राखिदिएको भए गठन प्रक्रिया ढिलो हुने थिएन।’

महाधिवेशनको मिति तय भइसकेको अवस्थामा जिम्मेवारीमा आउने व्यक्तिका कारणले पनि कार्यसमिति ढिलो हुन पुगेको निर्वाचन समितिको ठहर छ। ‘नयाँ कार्यसमितिको नेतृत्वमा रहने/हट्ने व्यक्तिको इच्छाले पनि गठन प्रक्रियामा विलम्ब बनाएको छ,’ घिमिरेले भने। क्षेत्रीय कार्यसमिति गठनलाई तिव्रता दिएअनुरुप नै त्यस तलका कार्यसमिति गठन सोही गतिमा हुन सकेन। महाधिवेशन हुने समय २०७७ फागुनमा भएकाले कांग्रेस कार्यकर्तामा कार्यसमिति ढिलो गठन भए पनि हुने रहेछ भन्ने मनोविज्ञान पैदा भएको बुझाइसमेत छ।

जाडोको समय भएकाले हिमाली जिल्लाको संरचना गठनमा मौसम बाधक बनेको छ। यस्तै, प्रदेश २ बाट पनि आवश्यक सहयोग नभएको निर्वाचन समितिका सदस्य घिमिरेले जानकारी गराए। उनले भने ,‘यथेष्ट तथ्यांक आउन पनि सकेन। प्रदेश २ का जिल्ला सभापतिहरुबाट असहयोग बढी नै भयो। केहीले असहयोग गरे। केहीले तदारुकता लिएनन्।’

nimb
nimb
Ncell 2
Ncell 2

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले १४ औं महाधिवेशनको कार्यतालिका केन्द्रीय समितिमा पेश गर्न माग गर्दै बैठक बहिष्कार गरेको थियो। निर्वाचन समितिले समायोजन प्रक्रिया नसकेकाले महाधिवेशन कार्यतालिका ल्याउन नसकिने संस्थापन पक्षले जनाएको थियो। मंसिर २६ को केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले निर्वाचन समितिको कार्यप्रगति समेत जानकारी लिएका थिए। तोकिएको समयमा समायोजन नसकिएपछि कार्यतालिका सार्वजनिक गर्न नसकिने देउवा पक्षको अडान थियो। 

पौडेल पक्षले बहिष्कार गर्दै आएपछि संस्थापन पक्षले पुस ११ गते बहुमतका आधारमा महाधिवेशनको कार्यतालिका प्रकाशित गरेको थियो।

अन्तरिम व्यवस्था निर्देशिकामा पुनर्संरचनामा सीमांकन हेरफेर भई हाल कायम भएको क्षेत्रभित्र एकमात्रै सभापति भएको अवस्थामा उसैलाई दोहोर्‍याउने व्यवस्था छ। वडा, गाउँपालिका, नगर, उपमहानगर, महानगरमा दुईभन्दा बढी सभापति भएको भए सहमतिमा एक जना बनाउने प्रावधान छ। सहमतिमा तोक्न नसकिए हाल तोकिएको केन्द्रमा रहेको सभापति नै कार्यसमितिको सभापति हुने व्यवस्था गरिएको छ। 

निर्देशिकामा भएको व्यवस्थाअनुसार पार्टी संगठन समायोजनका लागि प्रत्येक जिल्लामा केन्द्रीय निर्वाचन समितिले कांग्रेसनिकट प्रजातान्त्रिक कानुन व्यवसायीको संस्था डिएलएका सदस्यलाई खटाएको थियो। जिल्ला सभापतिले केन्द्रीय निर्देशिकाअनुरुप केन्द्रीय प्रतिनिधिसँग समन्वय गरि बैठक बोलाउनुपर्ने व्यवस्था छ। तर, जिल्ला सभापतिहरुले बैठक बोलाउन, तथ्यांक उपलब्ध गराउन सहजीकरण नगरेको निर्वाचन समितिको ठहर छ।

पार्टीभित्रको आन्तरिक गुटका कारणले पनि समायोजन नसकिएको समितिको निचोड छ। संस्थापन र इतरसमूहको चेपमा निर्वाचन समिति परेको थियो। समायोजनका लागि आँकडा पठाउन निर्वाचन समितिले ताकेता गरे पनि कतिपय जिल्ला सभापतिहरुले नाम पठाइदिएनन्। समितिलाई थपिएको पुसमै पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला काठमाडौंमा बोलाइदियो। पुस अन्तिमसम्म समायोजन सक्ने निर्धारित समयलाई जिल्ला भेलाले असर पुर्‍यायो। समितिमा रहेका एक सदस्यले काठमाडौंमा भेला भएका जिल्ला सभापतिलाई प्रश्न गरे, ‘संरचना बनाउन आवश्यक कागजात पठाएनन्। केन्द्रमा भेला भएपछि निर्वाचन समितिले कसलाई भन्ने?’

निर्वाचन समितिले समायोजन प्रक्रिया सकिन थप दुई महिना लाग्ने पूर्वानुमान गरेको छ। निर्वाचन समितिमा कानुन व्यवसायीलाई जिम्मेवारी दिइएको छ। संयोजकमा राष्ट्रिय सभा सदस्य तथा बारका पूर्व अध्यक्ष राधेश्याम अधिकारी, वरिष्ठ अधिवक्ता घिमिरे, कानुन व्यवसायी खम्बबहादुर खाती, सीताराम केसी र यगराज पाठक छन्।


 

प्रकाशित मिति: सोमबार, पुस २८, २०७६  १४:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काभ्रे दुर्घटना : मृतकको संख्या ८ पुग्यो
प्रतिनिधि सभा बैठक असार १ गतेसम्मका लागि स्थगित
काभ्रेमा बस दुर्घटना- ७ जनाको मृत्यु
सम्बन्धित सामग्री
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर पूर्वबालसैनिक लेनिन विष्टले दायर गरेको मुद्दामा अदालतले यस्तो ठहर गरेको हो । द्वन्द्वकालीन अवस्थाका घटनाहरूबारे संक्रमणकालीन न्यायसम... शुक्रबार, जेठ २९, २०८३
६ महिनामै सरकार ढाल्न भदौको भन्दा सशक्त आन्दोलन गर्ने महेश बस्नेतको चेतावनी उनले भने, ‘सदनमा बोल्ने कोही छैन। त्यसैले जनताले यो भन्दा बढी बुझ्नुपर्ने केही छैन। अब हामी बालेन सरकारलाई ६ महिना पनि नटिक्ने गरी य... शुक्रबार, जेठ २९, २०८३
परराष्ट्रमन्त्री खनाल आइतबार चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अ... शुक्रबार, जेठ २९, २०८३
ताजा समाचारसबै
काभ्रे दुर्घटना : मृतकको संख्या ८ पुग्यो शुक्रबार, जेठ २९, २०८३
प्रतिनिधि सभा बैठक असार १ गतेसम्मका लागि स्थगित शुक्रबार, जेठ २९, २०८३
काभ्रेमा बस दुर्घटना- ७ जनाको मृत्यु शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
६ महिनामै सरकार ढाल्न भदौको भन्दा सशक्त आन्दोलन गर्ने महेश बस्नेतको चेतावनी शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यूएई जाने श्रमिकमाथि थपिएको १४ हजार आर्थिक भार हटाउन प्रधानमन्त्रीको निर्देशन बिहीबार, जेठ २८, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
संसदमा उठ्यो 'केपी ओलीलाई रास्वपाको सदस्यता' दिइएको विषय बिहीबार, जेठ २८, २०८३
फिफा विश्वकप : उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्