काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सहरी विकास मन्त्रालयको समेत कार्यभार सम्हालेका छन्।
सोमबार मन्त्री बाँस्कोटाले मन्त्रालयको पदभार ग्रहण गरेका हुन्।
शुक्रबार मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चारमन्त्री बाँस्कोटालाई सहरी विकास मन्त्रालयको समेत कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकेकी छिन्।
राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रधानमन्त्रीले सम्हाल्दै आएको सो मन्त्रालयको कार्यभार बाँस्कोटालाई सम्हाल्ने गरी जिम्मेवारी तोकेकी हुन्।
यस्तै स्वास्थ्य तथा जनसंख्य मन्त्री भानुभक्त ढकाललाई कानुन मन्त्रालयको जिम्मेवारी राष्ट्रपतिले दिएकी छन्। तर उनले कार्यभार भने सम्हालेका छैनन्।
समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि सो पार्टीले सम्हाल्दै आएको जिम्मेवारी प्रधानमन्त्रीले सम्हालेका थिए।
तर प्रधानमन्त्रीले ती दुवै मन्त्रालयको जिम्मेवारी बाँस्कोटा र ढकाललाई दिन सिफारिस गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।