काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्यू रोड टिम (एनआरटी)ले नेपाल पुलिस क्लबलाई १–० ले हराएको छ।
दशरथ रंगशालामा सोमबार भएको खेलमा एनआरटीको जितमा खेलको ७६औँ मिनेटमा दर्शन गुरुङले गोल गरेका हुन्। जितसँगै एनआरटी अंक तालिकाको छैठौँ स्थानमा उक्लिएको छ।
६ खेलमा ३ जित २ हार र १ बराबरी खेलेको एनआरटीको ८ अंक भएको छ। गएको वर्ष लिगमा अन्तिममा रहेकाले जारी लिगमा एनआरटीको दुई अंक कम भएको हो।
छैठौँ स्थानमा रहेको नेपाल पुलिस क्लब भने एक स्थान तल झरेर सातौँमा पुगेको छ। ६ खेलमा २ जित, २ हार र २ बराबरी खेलेको पुलिसको ८ अंक छ।
सोमबार नै दशरथ रंगशालामा दोस्रो खेल सशस्त्र प्रहरीको एपिएफ र च्यासल युथ क्लबबीच हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।