भर्जिनिया- अमेरिका बस्दै आएकी सिन्धुपाल्चोककी रन्जु लुइटेलले आफूले अध्ययन गरेकाे विद्यालयमा अक्षयकाेष स्थापनाका लागि सहयाेग गरेकी छन्। उनले एक लाख ११ हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापनाका सहयोग गरेकी हुन्।
लुइलेटले आफूले अध्ययन गरेको सिन्धुपुरानागाउँ उच्च माध्यमिक विद्यालय मेलम्चीमा अक्षयकोष स्थापर्नाथ सो रकम सहयोग गरेकी हुन्।
उनले विद्यालयको ७१औँ वार्षिकोत्सवको अवसरमा शनिबार उनका बुबा भुमिराज लुइटेलले सो रकम विद्यालयका प्रधानाध्यापक कुमारप्रसाद खतिवडालाई हस्तान्तरण गरे। उनले आफूले अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।