भर्जिनिया: अमेरिका बस्दै आएकी एक पुर्व छात्राले आफुले अध्ययन गरेको विद्यालयमा जेहन्दार छात्र-छात्राका लागि एक लाख बराबरको अक्षयकोष स्थापना गरेकी छन् ।
अमेरिकाको भर्जिनिया सिटिमा बस्दै आएकी रञ्जु लुईटेलले विद्यालयका ७१ औ वार्षिक उत्सवको अवसरमा शनिबार यस्तो कोषको घोषणा गरेकी हुन् ।
मेलम्चि नगरपालिका ६मा रहेको सिन्धु पुराना उच्च माविमा जेहेन्दार विद्यार्थीका लागि १ लाख ११ हजार एकसय ११को कोष स्थापना गरेकी हुन् ।
उनी उक्त विद्यालयलमा कक्षा १० सम्म अध्यनन गरेकी थिइन् । आफुले ज्ञान लिएकाे विद्यालयकाे प्रगतीमा एक कदम सहयाेग गरेकाे उनले बताइन् ।
आफैले अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पउदा खुसी लागेको बताउदै लुईलेलले सहयोगको सकारातमक परिणााम आए आगामी दिनमा पुन सहयोग गर्ने बतईन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।