काठमाडौं— १७ महिनाको एक शिशुलाई चिर्पटले प्रहार गरेर हत्या गरेको आरोप लागेका एक व्यक्ति पक्राउ गर्न प्रहरीले गोली चलाएको छ।
महानगरीय प्रहरी वृत बौद्धको टोली शिशु हत्याका आरोपित सिन्धुपाल्चोकको जुगल गाउँपालिका—३ घर भई काठमाडौं गोकर्ण बस्दै आएका ३० वर्षीय गोकर्ण तामाङलाई गोली हानेर पक्राउ गरेको हो। उनको बाँया खुट्टाका पिडौलामा गोली लागेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। घाइते तामाङको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
सिन्धुपाल्चोकका शिशुको हत्या गरेपछि तामाङ फरार हुँदै आएका थिए।
त्यसैगरी गत वर्षको भदौ ५ गते अत्तरखेलस्थित मायाज क्याफेमा भएको विवादमा सुदर्शन रोक्का नाम गरेका व्यक्तिमाथि समेत उनले रड प्रहार गरेर प्रहरीले जनाएको छ। उनी बौद्ध क्षेत्रलाई आधार बनाई गुण्डागर्दीमा समेत संलग्न रहेको प्रहरीले दाबी गरेको छ। तर उनले कहाँ कहाँ गुण्डागर्दी गर्दै रकम असुले भन्नेबारे प्रहरीले केही जनाएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।