काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ संस्था अनेरास्ववियु केन्द्रीय कमिटिका सदस्यले आइतबार सपथ लिएका छन्। ३३५ सदस्यीय केन्द्रीय कमिटिका सदस्यलाई पार्टी महासचिव विष्णु पौडेलले सपथ दिलाएका हुन्।
अनेरास्ववियुले संगठनमा ४५ सदस्यीय स्थायी समिति पनि बनाएको छ। अनेरास्ववियु नेतृ सुनिता बरालका अनुसार स्थायी समितिमा पूर्व एमालेनिकट अनेरास्ववियुबाट २४ र पूर्व माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीबाट २१ जना छन् । यसअघि अनेरास्ववियुले १८ पुसमा एकीकृत केन्द्रीय समितिको नाम टुंगो लगाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।