काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबले पहिलो अंक जोड्न सकेको छ।
दशरथ रंगशालामा भएको खेलमा सरस्वतीले बिग्रेड ब्वाइजसँग गोलरहित बराबरी खेलेको हो।
यसअघिका पाँच खेल नै हारेको सरस्वतीको बिग्रेड ब्वाइजसँगको खेलबाट नै एक अंक आएको हो। सरस्वती लिग तालिकाको अन्तिममा रहेको छ।
बराबरीपछि बिग्रेड ब्वाइज क्लब आठौँ स्थानमा छ। ६ खेलमा २ जित ३ हार र १ बराबरी गरेको बिग्रेडको ७ अंक छ।
लिग अन्तर्गत आइतबार नै भएको पहिलो खेलमा फ्रेन्ड्स क्लबले थ्री स्टारलाई १–० ले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।