धनगढी– कैलाली प्रहरीले चोरीका गहना र नगदसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज उपमहानगरपालिका घर भएका ४० वर्षीया रन्जु मुसहर, ७० वर्षीया कलमी मुसहर, १८ वर्षीया उषा मुसहर, ६० वर्षीय जोगिन्द्र मुसहर, ३० वर्षीय जितेन्द्र मुसहर र २० वर्षीया वविना मुसहर छन्।
फरक–फरक स्थानबाट पक्राउ परेका उनीहरुको साथबाट चोरीका गहना र ७० हजार रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए।
‘हामीले तीन जनालाई रातो पुल क्षेत्रबाट र अन्य तीन जनालाई डोके बजारबाट पक्राउ गरेका हौं,’ बस्नेतले भने, ‘पक्राउ परेकाहरूको बारेमा अनुसन्धान भइरहेको छ।
पक्राउ परेकाहरू सार्वजनिक ठाउँमा माग्दै हिँड्ने गरेको पाइएको प्रहरी प्रवक्ता बस्नेतले बताए। चोरीमा अरू पनि संलग्न रहेको हुनसक्ने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।