काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले नेकपाभित्रको स्वार्थको बन्धक संसदलाई बनाउनु निन्दनीय भएको बताएका छन्।
आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक पनि स्थगित भएपछि ट्विट गर्दै थापाले संसदलाई बन्धक बनाउनु संविधानले प्रबन्ध गरेको शक्ति सन्तुलन र नियन्त्रणको समेत खिलाफमा भएको बताएका छन्।
‘यो संसदीय अभ्यास र गरिमाको मात्र होइन संविधानले प्रबन्ध गरेको शक्ति सन्तुलन र नियन्त्रणको समेत खिलापमा छु,’ थापाले ट्विट गरेका छन्, ‘उपसभामुखज्यू, संसद कुनै दलको छायाँ होइन, तपाईं संसदको उपसभामुख हो, नियमानुसार सदनको प्रकृया अगाडि बढाइयोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।