काठमाडौं- प्रदेश ३ काे राजधानी हेटौंडा भएकाे छ। हेटौंडा राजधानी कायम गर्न प्रदेश ३ का अत्यधिक सांसदले मत दिएपछि राजधानी हेटाैंटा कायम भएकाे हाे।
प्रदेश ३ को आइतबार बसेको संसद बैठकले हेटौंडा प्रस्तावलाई बहुमतका आधारमा पारित गरेको हो। हेटौंडाको पक्षमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, राप्रपा, राप्रपा (संयुक्त)ले मत दिएका थिए।
काभ्रेको धुलिखेल प्रस्ताव राखेको विवेकशीलको प्रस्ताव अस्विकृत भएको छ। काभ्रेको पक्षमा विवेकशील दलबाट रमेश पौडेल, विराजभक्त श्रेष्ठ र साझा पार्टीकी शोभा शाक्यले मत दिएका थिए। विवेकशील र साझाले प्रदेशको नाममा भने समर्थन गरेका छन्।
पार्टी केन्द्रको निर्देशनअनुसार नेकपाका सांसदले राजधानी हेटौंडा कायम गर्न मत दिएका थिए। दुई तिहाइ मतका आधारमा कायम हुने प्रदेश राजधानीका लागि कांग्रेसले समेत साथ दिएको थियो। प्रदेश ३ मा नेकपाको मात्रै ८० सांसद छन्। कांग्रेसको २२ सांसद छन्। प्रस्ताव पारित हुन ७४ मत आवश्यक थियो।
प्रदेश ३ काे नाम वाग्मती राख्न सबै दल सहमत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।