काठमाडौं– पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा अनौपचारिक रुपमा आज पृथ्वीजयन्ती तथा एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
विसं १७७९ मा गोरखामा जन्मिएका पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई ‘एकीकरण’ गरेका थिए। विश्वमा उपनिवेश चलाउन सफल अङ्ग्रेज सेना उउनको नेतृत्वमा पराजित भएको इतिहासकारहरुले बताउने गरेका छन्।
पृथ्वीनारायण शाहका भनाइ समेटेर ‘दिव्योपदेश’ प्रकाशित भएको छ। तर, अहिले त्यसको आधिकारितकताबारे प्रश्न उठाइने गरिएको छ।
उनको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो। राजतन्त्र कालमा पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकामा हाल त्यसलाई कटौती गरिएको छ। तर पुनः बिदा दिई देशभर मनाइनु पर्ने माग हुन थालेको छ।
कतिपयले राष्ट्र निर्माता र राष्ट्रिय एकताको प्रतीक भएको भन्दै उनको अति प्रशंसा गर्छन् भने कतिपयले उनी साँचो अर्थमा राष्ट्रिय एकताको प्रतीक नभएको मत राख्ने गरेका छन्।
संघीय सरकारले पृथ्वीजयन्तीका अवसरमा सार्वजनिक विदा नदिए पनि विभिन्न स्थानीय सरकारले भने आज सार्वजनिक विदाको घोषणा गरेका छन्।
पृथ्वीनारायण शाहले राज्य विस्तार गर्दा चालेका कदम समय रेखामाः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।