काठमाडौं– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पृथ्वीनारायण शाहलाई ‘एकथरिले देवत्वकरण र अर्काथरिले दानवीकरण’ गर्ने गरेको भन्दै त्यो अशोभनीय भएको टिप्पणी गरेका छन्।
कुनै पनि व्यक्तिको मूल्यांकन ऐतिहासिक सापेक्षतामा हुनुपर्ने उनको मत छ। ‘प्रत्येक पुस २७ आउँदा पृथ्वीनारायण शाहलाई एकथरिले देवत्वकरण र अर्काथरिले दानवीकरण गर्ने लिगलिगे दौड हुनु शोभनीय भएन,’ ट्वीटरमा उनले लेखेका छन्, ‘कसैको पनि मूल्यांकन ऐतिहासिक सापेक्षतामा गरिनुपर्छ। १८औं शताब्दीको चेतनामा उनले गरीब गोरखा राज्यविस्तार गरेका हुन् जुन प्रकारान्तरले वर्तमान नेपालराज्य बन्न पुग्यो।’
त्यसवेलाको चेतनामा संघीयराज्य सम्भव नभएको भन्दै शाहलाई गाली पनि नर्गन भट्टराईको आग्रह छ। ‘राम्रै भयो,’ भट्टराईले लेखेका छन्, ‘त्यही रूपमा उनलाई सम्झेँ पुग्छ। धेरै धूपवत्ति गरिरहनु पर्दैन। दरौंदीमा खेल्दा भोकाएर केशव द्वारेको उखु चोर्नवाध्य पृनाको आत्मालाई खुसीपार्ने हो भने उनको जन्मदिनमा छुट्टी हैन १२ घण्टा काम गरेर देशलाई धनी बनाऊँ। अर्कोतिर त्यसबेलाको चेतनामा संघीयराज्य सम्भव थिएन। गाली पनि नगरौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।