काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा मुलुकले नचाहेको र असान्दर्भिक विषयमा देशलाई विवादमा पार्न नहुने भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले भने‚ ‘ सत्य कहिल्यै हार्दैन‚ स्वाभिमान कहिल्यै मर्दैन।’
पृथ्वीनारायण शाहका दिव्य उपदेशहरू आधुनिक नेपाल निर्माणको प्रक्रियामा आज पनि उत्तिकै महत्वपूर्ण भएको उनले उल्लेख गरेका छन्।
आइतबार २९८ औं पृथ्वी जयन्ती परेको छ।
उनले सम्पूर्ण नेपालीहरूलाई एकताको बाटोमा अघि बढ्न आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।