काठमाडौं- मच्छिन्द्र क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जावलाखेल युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो।
मच्छिन्द्रको जितमा विशाल राईले निर्णायक गोल गरेका थिए। खेलको ३१औं मिनेटमा विशालले गोल गरेका हुन्।
जितसँगै मछिन्द्रले ६ खेलमा १३ अंक जोडेको छ। मच्छिन्द्रको यो जितपछि त्रिभुवन आर्मी क्लबलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो।
जावलाखेलको यो पहिलो हार हो। जावलाखेलको ६ खेलमा ९ अंक रहेको छ। जावलाखेल पाँचौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।