काठमाडौं- ओमानका सुल्तान काबुस बिन सइद अल सइदको ७९ वर्षको उमेरमा निधन भएको छ। गत शुक्रबार साँझ उनको मृत्यु भएको जनाइएको छ।
काबुसले ओमनको इतिहासकै सबैभन्दा बढी समय शासन गरेका थिए।
सुल्तान काबुस सन् १९७० मा ब्रिटेनको समर्थनमा आफ्नै बुबालाई राजगद्दीबाट हटाएर सुल्तान बनेका थिए। उनी अविवाहित भएकाले अब उनको उत्तराधिकारी को हुने भन्ने विषयमा अन्योलता छाएको छ।
यसैबीच नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उनको मृत्युको खबरले दुःखी बनाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।