काठमाडौं- अष्ट्रेलियामा डढेलोले पुर्याएको क्षतिप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले समवेदना व्यक्त गरेकी छन्।
'अष्ट्रेलियामा महिनौंदेखि लागिरहेको भीषण डढेलोले मानवीय क्षतिसहित करोडौं जीवजन्तु र बोटबिरुवा विनाश गरेकोमा गहिरो समवेदना', शनिबार ट्विट गर्दै राष्ट्रपतिले भनेकी छन्।
उनले अग्नि नियन्त्रण गर्न सम्बद्ध पक्षलाई शीघ्र सफलताको शुभकामना पनि दिएकी छन्।
'सुन्दर प्रकृति र संस्कृति जोगाएर जलवायु परिवर्तनको असर कम गर्न विश्व समुदायलाई आह्वान गर्दछु', ट्विटमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।