काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलले प्रशोधित पाम आयलको आयतमा भारतले लगाएको रोकप्रति चासो देखाएको छ।
कूटनीतिक पहल गरी प्रशोधित पाम आयल अन्य मुलुकमा निर्यातका लागि सहज वातावरण बनाउन कांग्रेस संसदीय दलले सरकारसँग आग्रह गरेको हाे। प्रशोधित पाम आयल भारतमा निर्यात नहुँदा उत्पादित पाम आयल खेर जानुका साथै उद्योगी व्यवसायीहरुको लगानी जोखिम परेको सरकारलाई जानकारी गराएको छ।
कांग्रेसले पाम आयलको निर्यातमा भएको रोकवाटले नेपालमा श्रमिकको रोजगारीमा समेत संकट उत्पन्न हुने परिस्थितिप्रति ध्यानाकर्षण गराइएको छ। अर्थतन्त्रलाई टेवा पुर्याएको पाम आयलको निर्यातमा आएको रोकावटको समाधान खोज्न कांग्रेसले आग्रह गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।