काठमाडौं- प्रदेश ३ को राजधानी हेटौंडा र नाम वाग्मती राख्ने सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र अन्य साना दलले संयुक्त प्रस्ताव दर्ता गराएका छन्।
शुक्रबार बसेकाे प्रदेश ३ को नेकपा संसदीय दलकाे बैठकले केन्द्रको निर्देशनअनुसार सहमति गरेपछि कांग्रेसले पनि उक्त प्रस्तावलाई साथ दिएको हो। हेटौंडा राजधानी कायम गर्न राप्रपा र राप्रपा संयुक्तले पनि सहमति जनाएको छ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल प्रस्तावक रहेको राजधानी हेटौंडाको समर्थकमा कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँलगायत साना दलका सांसद छन्। त्यसैगरी कांग्रेसले राखेको प्रदेशको नाम वाग्मतीको समर्थन नेकपाले गरेको छ। उक्त प्रस्तावलाई अन्य साना दलले समर्थन गरेका छन्।
प्रदेश ३ मा सत्तारुढ दलका ८० प्रदेश सभा सदस्य छन्। कांग्रेसका २२ सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।