कराची– वेस्ट इन्डिज विरुद्धको ३ खेलको टी–२० सिरिज पाकिस्तानले जितेको छ। सोमबार भएको दोस्रो खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ८२ रनले पराजित गर्दै सिरिज कब्जा गरेको हो।
पहिलो टी–२० मा पाकिस्तानले वेस्ट इन्डिजलाई १ सय ४३ रनले पराजित गरेको थियो।
कराचीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ३ विकेटको क्षतिमा २ सय ५ रन जोड्यो। यो स्कोर पाकिस्तानले टी–२० खेलमा बनाएको अहिलेसम्मकै उच्च स्कोर हो। पाकिस्तानका लागि बाबर अजामले ५८ बलमा ९७ रन जोडे। उनले १३ चौका र १ छक्का प्रहार गरे। हुसेन तरातले ४१ बलमा ६३ रन जोडे भने सोएब मलिकले नटआउट १७ र असिफ अलीले नटआउट १४ रनको योगदान गरे।
२ सय ६ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ४ बल खेल्न बाँकी छदा १ सय २३ बलमा अलआउट भयो। वेस्ट इन्डिजका लागि ओपनर चाडविड वाल्टनले ४० रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन बटुल्न सकेनन्। बलिङतर्फ पाकिस्तानका मोहमद अमिरले ३ विकेट लिए भने सादब खान र हुनेस तरातले २–२ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।