काठमाडौं- समाजवादी पार्टीले सम्हाल्दै आएका दुई मन्त्रालयको कार्यभार संचारमन्त्री गोकुल बाँस्कोटा र स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई जिम्मेवारी दिइएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट राजीनामा दिएपछी रिक्त रहेको उक्त मन्त्रालयको जिम्मेवारी स्वस्थ्य मन्त्रालयको कार्यभार सम्हालिरहेका ढकाललाई दिइएको छ।
यसैगरी शहरी विकास मन्त्रालयबाट समाजवादी पार्टीकै इस्तियाक राईले राजिनामा दिएपछि खाली रहेको सो मन्त्रालयको जिम्मेवारी सञ्चार मन्त्री बाँस्कोटालाई दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।