काठमाडौं- विग ब्यास लिग क्रिकेटमा सन्दीप आबद्ध मेलबर्न स्टार्सले मेलबर्न रेनेगेड्सलाई पराजित गरेको छ।
शुक्रबार भएको खेलमा लिगको शीर्ष स्थानमा रहेको मेलबर्नले रेनेगेड्सलाई ७ विकेटले पराजित गरेको हो। १६९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको मेलबर्नले १८.४ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।
मेलबर्नलाई जिताउन कप्तान ग्लेन म्याक्सवेलले उत्कृष्ट ब्याटिङ गरे। उनले ४५ बलमा ७ छक्का र १ चौका प्रहार गर्दै अविजित ८३ रन बनाए। त्यस्तै, हिल्टन कार्टराइटले ३५ रन बनाउँदा निक लर्किनले अविजित ३३ रन बनाए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको रेनेगेड्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६८ रन बनाएको थियो। रेनेगेड्सका लागि साउन मार्सले ६३ र मार्कुस ह्यारिसले ४२ रन बनाए।
बलिङतर्फ मेलबर्नका सन्दीप लामिछाने र नाथन काउल्टर नाइलले समान २–२ विकेट लिए।
यो जितसँगै शीर्ष स्थानमा रहेको मेलर्बनले ८ खेलबाट १४ अंक बनाएको छ। पराजित रेनेगेड्सले भने ८ खेलमा कुनै खेल जित्न सकेको छैन। लिगको दोस्रो स्थानमा रहेको सिड्नी सिक्सर्सको ८ खेलबाट १२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।