काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा सोमपाल कामी चितवन टाइगर्स र दीपेन्द्रसिंह ऐरी काठमाडौं किंग्स इलाभेनमा आबद्ध भएका छन्।
आयोजक इपिएलले सोमपाल प्रेस विज्ञप्ति जारी गर्दै सोमपाललाई चितवनले र दीपेन्द्रलाई काठमाडौंले किनेको जानकारी दिएको हो। अघिल्लो संस्करणमा काठमाडौं किंग्स इलाभेनबाट खेलिरहेका सोमपाललाई चितवन टाइगर्सले अनुबन्धित गरेको हो।
यता, दीपेन्द्रलाई काठमाडौंले भित्र्याएको छ। दीपेन्द्रले यसअघि चितवन टाइगर्सबाट खेलेका थिए। दुबै खेलाडीलाई कतिमा अनुबन्धित गरे भन्ने बारे दुबै टिमले उल्लेख गरेका छैनन्।
खेलाडी परिवर्तन तथा अनुबन्धित गर्नका लागि इपिएलले जनवरी २ देखि ८ तारिखसम्मको मिति तोकेको थियो।
त्यस्तै, काठमाडौंले अन्य दुई खेलाडी परिवर्तन गरेको छ। नरेश बुढाऐरको स्थानमा सुवास खकुरेल र सुशिल कडेँलको स्थानमा आकाश चन्दलाई भित्र्याएको छ। यता, पोखरा राइनोजले भने शक्ति गौचनको स्थानमा लोकेश बमलाई अनुबन्धित गरेको छ।
इपिएल क्रिकेट फेब्रुअरी २९ देखि मार्च १४ सम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।