काठमाडौं- ट्रंकलाइन तथा डेडेकेटेड फिडरको समस्या समाधान गर्नका लागि अध्ययन गर्न सरकारले ५ सदस्यीय समिति गठन गरेको छ।
बिहीबार संचार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रिपरिषद बैंकले गरेका निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेका गोकुल बाँस्कोटाले यस्तो जानकारी दिएका हुन्।
ऊर्जा मन्त्रालयका सचिवको संयोजनकत्वमा सरकारले समिति गठन गर्ने निर्णय गरेको हो।
समितिको सदस्य सचिवमा मन्त्रालयकै सहसचिव हुने गरी समिति गठन भएको हो।
समितिले अध्ययन गरी सुझाव पेस गर्न १५ दिनको समय पाएको छ।
यी हुन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय
.jpg)

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।