• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बस गुडाएर व्यापार गर्ने सरकारको मोह

होला त प्रभावकारी व्यवस्थापन?
64x64
नेपाल लाइभ बिहीबार, पुस २४, २०७६  १२:३३
1140x725

धनगढी- संघ, प्रदेश तथा स्थानीय तहमा बस सेवा सञ्चालन गर्ने प्रतिस्पर्धा छ। संघीय सरकार कहिले बिजुली बसका नाममा त कहिले साझा यातायातका नाममा रकम खर्च गर्दै आएको छ। संघीय सरकार मात्र होइन, प्रदेश सरकार र स्थानीय सरकार पनि बस गुडाएर व्यापार गर्ने मोहमा छन्। 

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा बस सेवा सञ्चालनको तयारी गरेको दुई वर्ष पुग्नै लागेको छ भने सुदूरपश्चिम प्रदेशका केही स्थानीय तहले बस सेवालाई भव्यताका साथ शुभारम्भ गरिसकेका छन्। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्राधिकरणमार्फत् प्रादेशिक बस सेवा सञ्चालनको तयारी गरेको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले दिगो रूपमा बस सेवा सञ्चालन गर्न प्राधिकरण गठन गर्ने निर्णय गरिसकेको छ। बस सेवा सञ्चालनका लागि प्राधिकरण गठन मस्यौदा तयार गरिरहेको जनाएको छ। 

प्रादेशिक यातायात तथा सडक पूर्वाधार निर्देशनालयका निर्देशक प्रेमदत्त भट्टले बस खरिद गरेर सडकमा गुडाउनु ठूलो नभएको तर यसको दिगो व्यवस्थापन महत्वपूर्ण हुने बताए।

'सरकारले सडकमा बस गुडाउनु ठूलो विषय होइन। यसको दिगो व्यवस्थापन गर्नु आवश्यक हुन्छ,' प्रदेशमा दिगो रुपमा बस सेवा सञ्चालन गर्न प्राधिकरण नै आवश्यक ठानिएकाले सरकारले सोही तयारी गरेको बताए। 'मन्त्रालयले प्राधिकरण गठनको मस्यौदा तयार गरेको छ। सो मस्यौदा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको बैठकबाट पारित भएपछि थप काम अघि बढ्‍छ,' निर्देशक भट्टले भने।

उनका अनुसार प्राधिकरण गठन आदेशको प्रारूप तयार भएपछि बस सञ्चालन गर्ने जिम्मेवारी प्राधिकरणको हुनेछ। यस सम्बन्धी सम्पूर्ण विधि तयार गर्न अझै एक डेढ महिना लाग्ने बताए। 'एक डेढ महिनामै मन्त्रालयले प्राधिकरणको गठन प्रारुप तयार गरिसक्ने छ। त्यसपछि बस सेवा सञ्चालनका लागि विनियोजन गरिएको बजेट प्राधिकरणले नै सञ्चालन गर्नेछ,' उनले भने।

मन्त्रालयका अनुसार प्राधिकरणमा नीति निर्माण गर्न बोर्ड गठन हुनेछ। बस सेवा सञ्चालनलाई व्यवस्थापन तथा नियन्त्रण गर्ने जिम्मेवारी प्राधिकरणको नै हुनेछ।

सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रमबाट प्रादेशिक बस सेवा सञ्चालन कार्यक्रम समावेश गरेको छ। मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ को बजेटबाट ग्रिड कन्स्ट्रक्सनमार्फत् प्रदेश बस सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गराएको थियो। अध्ययनले पहिलो चरणमा प्रदेशभर बस सेवा सञ्चालन गर्न सम्भव नरहेको उल्लेख गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अध्ययन प्रतिवेदनमा पहिलो चरणमा तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर तथा पहाडको डोटी र डडेल्धुरामा बस सेवा सञ्चालन गर्न सकिने उल्लेख छ। 'अध्ययनले पहिलो चरणमा चार जिल्लामा र विस्तारै सबै प्रदेश बस सेवा सञ्चालन गर्नु सुझाव दिएको छ,' निर्देशक भट्टले भने।

अध्ययन प्रतिवेदनमा प्रदेशमा विद्युतीय बस वा इन्धन बस सञ्चालन गर्ने पनि उल्लेख गरिएको छ। अध्ययन प्रतिवेदनमा भनिएको छ, 'विद्युतीय बस चार्ज गर्न विद्युत सब स्टेशनको आवश्यक हुन्छ। त्यसैले डिजेल बस नै सञ्चालन गर्नु उपयूक्त हुनेछ।'

मन्त्रालयले गत आर्थिक वर्ष बस सेवा सञ्चालनका लागि २० करोड रुपैयाँ विनियोजन गरेकोमा १३ लाख रुपैयाँ खर्च गरेको जनाएको छ। चालू आर्थिक वर्ष २०७६/०७७ मा मन्त्रालयले सोही कार्यक्रमका लागि १३ करोड रुपैया विनियोजन गरेको जनाएको छ।

भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले सुदूरपश्चिम प्रदेश सरकारको प्राथमिकता प्राप्त कार्यक्रम भएकाले पनि यसलाई बढी गम्भीर भएर अघि बढाउने प्रयास गरिरहेको बताए। मन्त्री बोहराले भने, 'बस खरिद गरेर ल्याउनु ठूलो कुरा होइन, तर ल्याइसकेपछि कसरी गुडाउने, त्यसको व्यवस्थापन कसरी गर्ने लगायतका महत्वपूर्ण कुरामा गम्भीर हुनुपर्छ।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हतारमा बस, व्यवस्थापन चुनौतीपूर्ण
सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाको शिखर नगरपालिकाले नगर बस सञ्चालन गर्न लागेको एक वर्ष पुग्न लागेको छ। नगरभित्र बस सञ्चालन गर्दा उपलब्धि मानेको भए पनि शिखर नगरपालिकालाई अहिले व्यवस्थापनमा चुनौती थपिएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले नगर बस सञ्चालन भए पनि व्यवस्थापनमा चुनौती थपिएको बताए। 'चालक, सहचालक, गाडी मर्मत, इन्धन खर्च आदिको व्यवस्थापन गर्न समस्या भइरहेको छ,' उनले भने। 

प्रमुख प्रशासकीय अधिकृत बिनाडीका अनुसार नगरपालिकाले गत आर्थिक वर्षमा बस संचालनबाट १८ लाख रुपैयाँ आम्दानी गरेको थियो। 'आम्दानी भएको रकम चालक, सहचालक, इन्धन र मर्मत लगायतमै खर्च भएको थियो,' बिनाडीले भने। नगरपालिकाले बस सेवा सञ्चालन गर्नुअघि राजनीतिक दलको प्रतिनिधित्वका आधारमा सञ्चालन समिति गठन गरेको थियो।

नगरपालिकाले नगरबस सेवाको प्रभावकारी अनुगमन गर्न नसक्दा आम्दानी बढ्न नसकेको जनाइएको छ। प्रमुख प्रशासकीय अधिकृत बिनाडीले भने, 'गत वर्ष त हामीले जसोतसो व्यवस्थापन गरेका थियौं। तर अब सक्ने अवस्था छैन।'

नगरपालिकाले अब नीजि क्षेत्रसँग सम्झौता गरेर नगर बस सेवा सञ्चालन गर्ने योजना बनाइरहेको बताए। 'नीजि क्षेत्रबाट अगाडि बढाऔं भनेको त्यो पनि हुन सकेको छैन,' उनले उल्लेख गरे।

त्यस्तै, डोटीकै पूर्वीचौकी गाउँपालिकाले चौखुट्टेदेखि सिलगढीसम्म बस सेवा सुरु गरे पनि अहिले व्यवस्थापनमा समस्या भइरहेको छ। गाउँपालिकाले दुई बस सञ्चालन गरेको थियो।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकबहादुर खड्काले भने, 'गाडीबाट संकलन भएको रकम सिधै बैंक खातामा आउँछ। गाडीको मर्मत, इन्धन, चालक लगायतको खर्च गाउँपालिकाले नै व्यहोर्ने गरेको छ।' उनले बस सेवाबाट संकलन भएको रकम यी कामका लागि अपुग भइरहेको बताए।

पूर्वीचौकी सुदूरपश्चिम प्रदेशमा आफ्नै यातायात सञ्चालन गर्ने यो पहिलो गाउँपालिका हो। चौखुट्टेदेखि सिलगढीसम्मको सार्वजनिक यातायातमा एक सय ५० रुपैयाँ भाडा लिने गरेको भए पनि गाउँपालिकाले एक सय १० रुपैयाँ मात्र कायम गरेको छ।

प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६  १२:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ शुक्रबार, कात्तिक २७, २०८३
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत शुक्रबार, कात्तिक २७, २०८३
काडमान्डू गोर्खाजलाई ७ रनले हराउँदै सुदूरश्चिम प्ले अफमा शुक्रबार, कात्तिक २७, २०८३
‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्